logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झिनो अंकले बढ्यो नेप्से, पाँच अर्ब ६५ करोडको कारोबार


अंकुरण खबर
962
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कोरोबारको चौथो दिन आज बुधबार झिनो अंकको बृद्धि भएको छ ।

आज नेप्से १.१ अंकले बढेर दुई हजार आठ सय ७२ दशमलब ५ विन्दुमा पुगेको छ भने ५ अर्ब ६५ करोड ४५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये पाँच समूह बढेका छन् भने अन्य समूह घटेका छन् ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स लिमिटेड र कालिका पावर कम्पनी रहेको छ ।

त्यस्तै, आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज २९ करोड भन्दा बढीको कारोबार भएको छ ।