logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्वजनिक यातायातको भाडा बढ्यो


अंकुरण खबर
741
Shares

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ।

विभागले बुधबार एक सूचना जारी गर्दै भाडा बढाएको जानकारी दिएको हो । यात्रुवाहक सवारीको भडा २८ प्रतिशत सम्मले बढाइएको छ।

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत भाडा बढेको छ। यस्तै, तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ।

विभागका अनुसार पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेकोे हो ।