logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेश जानेलाई जोन्सन एण्ड जोन्सन खोप दिन माग


अंकुरण खबर
598
Shares

वैदेशिक रोजगार विभागले विदेश जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन माग राखेको छ ।

विभागले सचिवस्तरीय निर्णय गरी बुधबार कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई खोपको व्यवस्था मिलाउन माग गर्दै पत्राचार गरेको हो ।

केही देशले जोन्सन खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिएकाले विदेश जानेलाई यो खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ ।

खोप नपाएका कारण धेरै नेपाली श्रमिक रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको विभागले जनाएको छ ।