पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १० जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ।
योसँगै नेपालमा हालसम्म ७ लाख ६ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ ।
आज १ हजार ६०६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा ६ लाख २४ हजार ७११ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४३० पुगेको छ ।