logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् पुनर्स्थापना भएको तीन दिनमा निर्वाचन कार्यतालिका रद्द


अंकुरण खबर
689
Shares

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका रद्द गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको तेस्रो दिन बुधबार आयोगले आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि तय गरेको निर्वाचन तालिका रद्द गरेको हो ।

बुधबार आयोगले विज्ञप्ति जारी गरेर आयोगबाट असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

गत जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। तर, गत सोमबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन निर्णय बदर गरिदिएको थियो ।