logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोलिदेखि लामो दूरीका गाडी चलाउने दिने तयारी


अंकुरण खबर
728
Shares

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा खुकुलो बनाउँदै भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी साधन पनि चल्ने दिने तयारी गरिएको छ।

आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ। जोर बिजोर प्रणालीमा लामो दूरीका सार्वजनिक यातायातका साधन चलाउन दिने विषयमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

आज बैठक बस्दै छ। बैठकबाट आवश्यक निर्णय गर्छौ, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, अहिले एकीन भएको छैन। लामो दूरीका सार्वजनिक यातायात पनि चलाउन दिने कि भन्ने विषयमा छलफल गर्छौं।

गत वैशाख १६ गतेदेखि काठमाडौंमा निषेधाज्ञा लगाइएको थियो। पछिल्लो पटक लगाइएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।

अहिले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिएको  छ। तर, उपत्यका बाहिरबाट लामो दूरीका सार्वजनिक यातायातका साधन आउन दिइएको छैन।

अहिले उपत्यकाभित्र पनि सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ। त्यस्तै, स्वास्थ्य मापदण्डमा कडाइ गरेर लामो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने तयारी भएको हो।

यातायात व्यवसायी र मजदूरले पनि लामो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनका लागि माग गर्दै आएका छन्। लामो दूरीको यातायात सञ्चालनमा नआउँदा हजारौं व्यवसायी र मजदूर मर्कामा परेका छन्।