logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक एक दिन सारियो


अंकुरण खबर
936
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको व्यस्ताका कारण बैठक सरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार शुक्रबार दिउसो २ बजेका लागि बैठक सारिएको छ।

आगामी १४औं महाधिवेशनसँगै समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउसो २ बजे बैठक बोलाइएको थियो। बैठकमा सरकारका प्राथमिकता, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा पनि छलफल हुने जनाइएको थियो।