logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीको बजेट अधिवेशन मध्यरातमा अन्त्य


अंकुरण खबर
780
Shares

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ।

कर्णाली मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले गएराति जारी गरेको सूचनामा असार ३० गते राति १२ बजेदेखि नै लागू हुने गरी अधिवेशन अन्त्य भएको जनाएको छ।

नेकपा (एमाले)को अवरोधका कारण प्रदेश सभा बैठक चल्न सकेको थिएन। प्रदेश सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई हठाउनु पर्ने एमालेको माग थियो।

एमालेका तीन सांसद मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा मन्त्री छन्। अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास, नन्दसिंह बुढा उद्योग पर्यटन, वन तथा वातावरण र कुर्मराज शाही भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका छन्।

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गरेको थियो। तर, एमालेको निरन्तरको अवरोधले छलफल हुने सकेको थिएन।

अब प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको जनाइएको छ। यसअघि प्रदेश सभामा ३६ अर्ब ५४ करोडको बजेट पेश गरेको थियो। साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्छ।