अविरल वर्षाका कारण पहिरो खस्दा गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएको छ ।
शितगंगा नगरपालिका १२ को बसेरी जङ्गलमा गएको पहिरोसँगै बिहीबार बिहानदेखि गोरुसिंगे–सन्धिखर्क सडक बन्द भएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन्।
सडक सञ्चालनमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ।