नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
आज बिहान नेपाल निवास कोटेश्वरमा पुगेर विप्लवले नेपालसँग भेटवार्ता गरेका हुन्।
विप्लव र धर्मेन्द्र बाँस्तोलाले नेपालसँग कुराकानी गरेको नेता नेपालको सचिवालयले जानकारी दिएको छ ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो।