logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी


अंकुरण खबर
1.3K
Shares

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।

विहीबार दिउँसो १ बजे बस्ने काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने बताइएको छ ।

काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली, ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला र भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईबीच साउन १५ गतेसम्म निषेधाज्ञाको थप्ने तयारी भइरहेको छ ।

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि विहीवार राति १२ पछि सकिँदैछ ।

यस्तै उपत्यका बाहिर जाने–आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीमा खोल्ने तयारीमा रहेको बताइएको छ ।

यसअघि उपत्यका आउने–जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनलाई पासको व्यवस्था गरिएको थियो ।