लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका-२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई बुधबार साँझ पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनालाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।