मोटरसाइकल दुर्घटनामा परी इलाममा एकजना जनप्रतिनिधिको मृत्यु भएको छ ।
जिल्लाको माङसेबुङ गाउँपालिका–४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको हो ।
बुधबार दिउँसो अन्दाजी ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका ४ का वडा सदस्यसमेत रहेका ३६ वर्षीय राईको झापाको विएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक रवि सडक खण्डअन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभिरबाट अन्दाजी १ सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो ।
उनलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।