logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता


अंकुरण खबर
715
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज भेटवार्ता भएको छ।

अमेरिकी राजदूत र्‍यान्डी बेरी आज (बिहीबार) बिहान प्रधानमन्त्री देउवालाई भेट्न बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेका थिए ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै आफ्नो नयाँ कार्यकालमा नेपाल(अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन्।

राजदूत बेरीले हिजो नै प्रधानमन्त्री देउवालाई प्रधानमन्त्रीको सपथ सकिनासाथ सामाजिक सञ्जालमार्फत् र फोन गरेर पनि बधाई दिएका थिए।