नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्षले संसदीय दलको बैठक बोलाएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो तीन बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिए।
बैठकका लगि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको छ। नेपाल पक्षका २६ सांसदको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए।