साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन मन्त्रीपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले साउन ३ गते दिउँसो ४ बजे बैठक बोलाउन सिफारिस गरेको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन परमादेश दिएको थियो । सरकरको सिफारिमा राष्ट्रपतिले संसद बैठक बोलाउने प्रचलन छ । सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।