नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको बिहिबार दोहोरो अंकको बृद्धि भएको छ ।
आज नेप्से ११.३३ अंकले बढेर दुई हजार आठ सय ८३ दशमलब ३८ विन्दुमा पुगेको छ ।
आज कारोबार रकम पनि ८ अर्ब १४ करोड ३६ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूलय बढ्ने कम्पनीहरुमा ङादी ग्रुप पावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज ङादीको शेयरमूल्य ९.४० प्रतिशतले बढेको छ भने रैराङको ८.९१ प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी गुँरास फाइनान्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड भन्दा बढीको कारोबार भएको छ ।