logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा, अत्यावश्यक वाहेक प्रवेशमा कडाइ (विज्ञप्तिसहित)


अंकुरण खबर
1.352K
Shares

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै १० दिन थप भएको छ ।

कोभिड १९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको हो । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय समेत गरेको छ।

काठमाडौं उपत्यकामा प्रवेश गर्न जिल्ला प्रशासन कार्यालयको पास आवश्यक नपर्ने व्यवस्था गरेको छ । तर अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए। अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने भएको छ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

यस्तै सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन्।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज बिहीबार राति १२ पछि सकिँदैछ ।

यस्तो छ विज्ञप्ति :