दाङमा अर्को सूचना जारी नहुँदा सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । तर, निषेधाज्ञा थप खुकुलो बनाइएको छ ।
बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म बजार खोल्ने निर्णय गरेको हो ।
खाजाघर र चिया पसलबाहेक होटेल एवम् रेस्टुरेन्टबाट सेवाग्राहीले तयारी खाजा लिएर जान पाउने भएका छन् ।त्यसका लागि बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला गरिएको छ ।
सरकारी कार्यालय, बैंक, संस्थानहरू नियमित खुला रहनेछन् । त्यस्तै स्थानीयस्तरमा चल्ने सवारी साधनहरू बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने, विवाह, ब्रतबन्धलगायत अन्य संस्कारका लागि १५ जनासम्म जम्मा हुन पाइने भएको छ । तर, स्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने छ ।
सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्विमिङ पुल, जिमखाना, समूहमा खेल्ने खेलकुद, कबर्डहल, पुस्तकालय, संग्रहालयक, शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टुयु्सन सेन्टरलगायत भने बन्द नै रहनेछन् ।
त्यस्तै खुला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज, भतेर गर्न, धार्मिक, सांस्कृतिक गतिविधिहरूमाथि भने रोक लगाइएको छ ।