logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारी निवास सरे प्रधानमन्त्री देउवा


अंकुरण खबर
2.171K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन्।

प्रधानमन्त्री देउवा बिहान १० बजेर ३ मिनेटमा सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन्।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि उनी मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए।

एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटार छोडेर आफ्नो निजी निवास बालकोट सरेका थिए।

सरकारी निवासको व्यवस्थापनको देउवाका परिवारले बिहीबार निरीक्षण गरेका थिए। प्रधानमन्त्रले बस्ने, खाने, आराम गर्ने सबै स्थानबारे परिवारको सदस्यले हेरिसकेको बालुवाटार स्रोतले जनाएको छ।