logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणीका सहायक नदीमा पानीको बाहब बढ्ने


अंकुरण खबर
2.678K
Shares

मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आज पनि केही नदीमा पानीको बहाब बढेर बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले विज्ञप्ति निकालेर मनसुनी वायुका कारण वर्षा भइरहेकाले महाकाली, पश्चिम राप्ती, तिनाउ लगायतका नदीमा बाढी आउन सक्ने जनाएको हो ।

यस्तै नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी,कालीगण्डकी लगायतमा बहाब बढ्ने पनि महाशाखाले जनाएको छ ।

केही नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।