लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ।
शुक्रबार बिहान ८ बजे बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो।
मन्त्रिपरिषदले निर्णय गरि प्रदेश प्रमुख धर्मनाथ यादवलाई पठाएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
संसदमा बराबर संख्या भएको र सभामुखले विपक्षीलाई साथ दिन खोजेकाले जनताको नियमित कामलाई अघि बढाउन अध्यादेशबाट बजेट ल्याउनुपरेको मन्त्री चौधरीले बताए।
उनले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराउने बताए। सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यमदेशमार्फत जस्ताको त्यस्तै ल्याइएको हो। प्रदेश प्रमुखले केही बेरमा बजेट प्रमाणित गर्नेछन्।