नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गरेको आग्रह अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि नेपाल पक्षका नेता बैठकबाट बाहिरिएका छन् ।
यतिबेला च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी छन् ।
पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका सदस्य नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक स्थल पुगेर ओलीलाई बैठक रोक्न आग्रह गरेका थिए। रावलले बैठकमा आफूलाई एमालेको उपाध्यक्षका रुपमा बोल्न दिन आग्रह गरेका थिए । उनको आग्रहपछि ओलीले बैठकमा बोल्न दिए ।
रावलले बैठक रोक्न आग्रह गरे तर ओलीले बैठक रोक्न नसकिने भन्दै विषयवस्तुलाई अघि बढाउन निर्देशन दिएका थिए ।