सरकारले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्ने भएको छ ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुक्रबार आर्थिक पत्रकारहरूसँगको भेटघाटमा अर्थमन्त्री जनार्दन शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबारे भने संसद बैठकले निर्णय गर्ने उनले बताए ।
संसद बैठक साउन ३ गते बोलाइएकोले छ ।