काठमाडौं जिल्लामा चार दिनदेखि जारी कोभिडविरुद्धको खोप अभियान स्थगित भएको छ।
काठमाडौंमा २० असारदेखि चीनमा निर्मित भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो। मौज्दात रहेको भेरोसेल खोप सकिएपछि अभियान स्थगित गर्नुपरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए।
अर्को सूचना नभएसम्मका लागि भोलि शनिबारदेखि खोप अभियान स्थगित भएको उनले बताए।
काठमाडौंमा ४४ भन्दा बढी खोप केन्द्र तोकिएको छ। अहिले चलिरहेको खोप अभियानमा ५५ वर्ष र त्यसभन्दामाथिको उमेर समूह, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई भेरोसेलको पहिलो डोज लगाउन प्राथमिकता दिइएको छ ।