logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थपिए २९३६ जना कोरोना संक्रमित, ४३ जनाको मृत्यु


अंकुरण खबर
1.313K
Shares

पछिल्लो २४ घन्टामा २९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ ।

शुक्रबार १७७५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घन्टामा ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९५०६ पुगेको छ ।