logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको छ : ओली


अंकुरण खबर
1.365K
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर एमाले फुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै एमालेविरुद्ध षड्यन्त्र हुन थालेको आफूलाई थाहा भएको ओलीले बताए ।

एमाले नेता महेश बस्नेतले भने अदालतको फैसलामा आफूहरुको सहमति नभएको र आफूहरु लोकतन्त्रवादी भएकोले कार्यान्वयन गरिसकेको बताए । उनले ओलीले अदालतको किर्ते कागजलाई मान्यता दिएको समेत बताए ।