जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दैछ।
दिउँसो २ बजे पार्टी कार्यालय बबरमहलमा बैठक बस्न लागेको नेता शरतसिंह भण्डारीले जानकारी दिए।
पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको विवादकै विषयमा छलफल गर्न ठाकुर पक्षले बैठक बोलाएको हो। निर्वाचन आयोगले आइतबार आधिकारिकता विवादका विषयमा छलफल गर्न बोलाएकाले त्यसको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो।