logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् सचिवालयका तीन कर्मचारीमा कोरोना संक्रमण


अंकुरण खबर
1.261K
Shares

संसद् सचिवालयका तीन जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शुक्रबार आठ सय एक जनामा गरिएको परीक्षणमा तीन कर्मचारीको रिपोर्ट पोजिटिभ आएको हो ।

आइतबारदेखि शुरु हुने संघीय संसद्को अधिवेशनअघि सभामुख, सांसदहरु, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय कर्मचारी, मर्यादापालक र पत्रकारको कोरोना परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकामध्ये तीन जनामा पोजेटिभ देखिएको र सात सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयले जनाएको छ ।