logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज एमाले स्थायी कमिटी बैठक बस्दै


अंकुरण खबर
884
Shares

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्न लागेको छ। तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागी हुने वा नहुने निश्चित भएको छैन।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो। आजको बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गरिने उनले बताए।

एमाले केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमै बोलाइएको छ। पार्टी संरचनालाई २०७५ जेठ २ गते अगाडिकै अवस्थामा फर्काउन स्थायी कमिटी बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको छ।

शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक त्यहि बसेको थियो। त्यसदिन भने नेपाल पक्ष सहभागी भएको थिएन।