एमालेका उपाध्यक्ष भीम रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्।
उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अछाम-१ बाट निर्वाचित भएका हुन्। राजीनामा दर्ता गर्न सिंहदरबारस्थित संसद सचिवालय पुगेका रावलले त्यहीँबाट सञ्चारकर्मीसँग राजीनामा दिने बताएका हुन्।
सञ्चारकर्मीसमक्ष राजीनामाको वक्तव्य पढ्दै उनले उच्च नेतृत्वको स्वेच्छचारी र अनैतिक राजनीतिको मतियार बन्नुभन्दा राजीनामा दिन उपयुक्त ठानेको बताए।
प्रतिनिधिसभाको बैठक सुरु हुनुअगावै उनले पदबाटै राजीनामा दिएका हुन्। एमाले विवाद समाधान गर्दै एकता कायमका लागि गठित कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल समस्बाट उनी संयोजक थिए।
देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने सवालमा रावल संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए। तर त्यो परिस्थिति नबन्ने देखिएपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन्।
पुगेका रावलले एमालेले विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने नेता नेपाललगायत उनी पक्षाीय केही सांसदले विश्वासको मत दिने बताइसकेका छन्। केही सांसद भने कुनै पक्ष र विपक्ष कतै खेलेका छैनन्।
