logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु


अंकुरण खबर
793
Shares

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नौ हजार ६ सय २८ जनाको पीसीआर परीक्षण गर्दा पीसीआरबाट एक हजार दुई सय २३ र एन्टिजेनबाट पाँच सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६७ जना कोरोनाका बिरामी निको भएका छन् ।

आज देशभर २३ जना कोरोनाका बिरामीको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार पाँच सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।