logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाको दुवै पक्षलाई सक्कल प्रमाण झिकाउन निर्वाचन आयोगको आदेश


अंकुरण खबर
1.508K
Shares

जनता समाजवादी पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ।

प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको आज बसेको इजलासले सक्कल प्रमाण झिकाउन आदेश दिएको हो।

इजलासमा उपेन्द्र यादव पक्षका अधिवक्ताहरूले पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आधिकारिकता उपेन्द्र यादव पक्षले पाउनुपर्ने दाबी गरेको थियो। उनीहरुले कार्यकारिणी, राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत यादव पक्षको बहुमत रहेको दाबी गर्दै विश्वास नलागे ‘हेड काउन्ट’ गर्न आग्रह गरेका थिए।

यस्तै महन्थ ठाकुर पक्षले भने पुस २०७७ मा बसेको बैठकले नै कार्यसमिति सदस्यहरु हेरफेर गर्ने अधिकार ठाकुरलाई दिएको र त्यसअनुसार असारमा नयाँ कार्यकारिणी सदस्यहरुको बहुमत हेर्नुपर्ने बताएको छ।