logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झन्डै १९ करोड रुपैयाँ बराबरका चेकसहित मिटरब्याजी पक्राउ


अंकुरण खबर
1.092K
Shares

विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल ललितपुर भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती छन्। उनी काठमाडौं महानगरपालिका-७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट शुक्रबार पक्राउ परेका हुन्।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट विभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटरब्याज लगाएका थिए।

प्रकाशबाट ४ करोड १६ लाख रुपैयाँको चेक र हेमराजबाट ४ करोड १४ लाख रुपैयाँको चेकहरू लिई सोबापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।