नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको आधारमा एमालेले २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन ।
नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।
यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।
दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया सुरु भएको एमालेले जनाएको छ ।
बिहानै माधव पक्षले भने एकतर्फी रुपमा बैठक बोलाइएकोले आफूहरु सहभागी हुन नसक्ने बताएको छ । तीन महिना लगाएर कार्यदलले १० बुँदे सहमति गरे पनि माधव नेपालले स्वीकार नगर्दा त्यसले सार्थकता पाउन सकेको छैन ।