अर्थ

नेप्से १३.८० अंकले बढ्यो , ११ अर्ब ८१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (सोमबार) उच्च अंकको बृद्धि भएको छ ।

आज नेप्से १३.८० अंकले बढेर दुई हजार नौँ सय ९४ दशमलब ४२ विन्दुमा पुगेको हो । कारोबार रकम पनि लयमा फर्किएर आज ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य ९.२० प्रतिशतले बढेको छ ।

यस्तै, आज अधिकांश डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । कारोबारको आधारमा आज सबैभन्दा एनआईसी एसिया बैंकको कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड भन्दा बढीको कारोबार भएको छ ।

आइतबार पनि नेप्सेमा ११ अर्ब ६३ करोड ८१ लाख बराबरको कारोबार भएको थियो ।

Comment here