logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु


अंकुरण खबर
1.586K
Shares

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा दुई हजार चारसय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एक हजार दुईसय ५८ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर कोरोना भाइरसको संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।