logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुई दशकपछि सिंगापुर एयरलाइन्सको उडान नेपालमा


अंकुरण खबर
2.938K
Shares

करिब दुई दशकपछि सिंगापुर एयरलाइन्सले नेपालमा उडान थालेको छ ।

सिंगापुर एयर र सिल्क एयर आपसमा गाभिएपछि नेपालमा पनि आइतबार सिंगापुर एयरलाइन्सको जहाज अवतरण भएको हो । सो एयरलाइन्सले १ सय ९ यात्रु काठमाडौं उतारेको थियो भने चार यात्रु लिएर फर्किएको छ ।

सिंगापुर र सिल्क एयरका आपसमा गाभिएका थिए । जसले गर्दा सिल्कका गन्तव्यमा समेत सेवा विस्तार गर्ने क्रममा नेपालमा पनि सिंगापुर एयरलाइन्स आउन थालेको हो ।

अब सिंगापुर एयरलाइन्सले नेपालमा उडान थालेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । करिब दुुई दशकअघि सिंगापुर एयरलाइन्स काठमाडौं आउने गरेको थियो । सिल्क भित्रिएसँगै सिंगापुरले नेपालमा उडान रोकेको थियो ।

सिंगापुर एयरले सातामा एकपटक आइतबार एउटा उडान गर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ।