सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यो पर्व मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर इद अर्थात इद उल अज्हा पनि भनिन्छ ।
यसअघिका सरकारले इदका अवसरमा बिदा दिदैं आएको केपी ओली नेतृत्वको सरकारले बिदा काटेको थियो ।