logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४७४ जना कोरोना संक्रमित


अंकुरण खबर
1.014K
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा चार सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएका संक्रमितमध्ये काठमाडौंका तीन सय ३० जना, भक्तपुरका ८८ जना र ललितपुरका ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या सात हजार ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज देशभर दुई हजार चार सय ४५ जना कोराना भाइरस संक्रमण पुष्टि भएका छन् भने संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।