logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भीम रावलको राजीनामा अझै स्वीकृत भएन, हतारिएर दिएको भन्दै फिर्ता लिन ओली पक्षको आग्रह


अंकुरण खबर
884
Shares

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद पदबाट आइतबार नै राजीनामा दिएका थिए । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका हुन् ।

रावलले सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएको २४ घण्टाभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको छैन ।

रावलको राजीनामा अझै विचाराधीन अवस्थामा रहेको बताइएको छ । पार्टी भित्रबाट रावललाई राजीनामा फिर्ता लिन दबाब समेत परिरहेको बुझिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बसेको केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै फिर्ता गराउनुपर्ने बताए । पार्टीका अन्य नेताहरुले पनि रावलले राजीनामा दिनु उपयुक्त नभएको भन्दै फिर्ता लिन आग्रह गरिरहेको बुझिएको छ ।