logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज चार प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


अंकुरण खबर
806
Shares

आज देशका चार प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो पनि बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भीषण वर्षा हुने महाशाखाको आकलन छ ।

त्यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भीषण वर्षाको हुने महाशाखाको प्रक्षेपण छ ।