शिक्षा

कक्षा १२ को परीक्षाबारे आज निर्णय हुँदै

कोरोनाभाइरसको महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा आज निर्णय गर्न लागिएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अनुमति दिएको छ । सर्त सहित परीक्षा सञ्चालन गर्न सीसीएमसीले अनुमति दिएको शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

सीसीएमसीले अनुमति दिएपछि आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । उनका अनुसार आज बेलुका ५ बजे बस्ने बैठक बस्नेछ ।

आज बस्ने बोर्डको बैठकबाट कक्षा १२ को परीक्षाको मिति तोकिने जनाइएको छ । कक्षा १२ मा तीन लाख ७५ हजार विद्यार्थी छन् ।

यसअघि कक्षा १२ को परीक्षा जेठ महिनामा तय गरिएको थियो । तर, कोरोनाका कारण स्थगित भएको थियो। कक्षा ११ को परीक्षा भने आन्तरिक मूल्यांकनका आधारमा गरिएको छ ।

Comment here