अर्थ

कोरोनाका कारण स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीयो पुन: बिक्री खुला

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आइपीओ आज मंगलबारदेखि पुनः खुला भएको छ ।

कम्पनीले गत वैशाख २१ गतेदेखि स्थानीय समुहका लागि छुट्याइएको ६० लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको भए पनि कोरोना संक्रमणको दोस्रो लहर बढेपछि सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी गरी आइपिओ बिक्री प्रक्रियालाई वैशाख २४ गते तीन दिनमै बन्द गरिएको थियो ।

उक्त सेयर बिक्री फेरि खुलाइएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आयोजना प्रभावित स्थानीयले अब फेरि मंगलबारबाट पुनः कम्पनीको आइपिओमा आवेदन दिन सक्ने जनाएको छ ।

स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म खुला रहने छ ।  यस्तै, क्यापिटलले स्थगित हुनुअघि आवेदन दिएका स्थानीयले पुनः आवेन दिन नपर्ने जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सक्नेछन् भने न्यूनतम ५० कित्तादेखि अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ । साथै धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुमार्फत पनि आवेदन बुझाउन सकिने छ ।

मध्ये भोटेकोशीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपिओ निष्काशन गरेको हो । जसमध्ये ३० प्रतिशतले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ ।

Comment here