अर्थ

नेप्सेमा ९.१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज (मंगलबार) सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से ९.१ अंकले घटेर दुई हजार नौ सय ८५ दशमलब ५७ विन्दुमा थामिएको हो । आज कारोबार रकममा पनि गिरावट आएर ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार, आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज नेप्से लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

यस्तै, आज १२ प्रतिशत आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएको छ । यसको शेयरमूल्य ६. १७ प्रतिशतले घटेको छ ।

आज कारोबारको आधारमा बरुण काबेली पावर कम्पनीको कारोबार सबैभन्दा बढी भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार नेप्से ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको थियो ।

Comment here