राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने भएको छ ।
मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।
यसअघि परीक्षा हुने या नहुने भन्नबारे कुनै टुंगो लागेको थिएन । कोभिड संकट व्यवस्थापन समितिको सिफारिसपछि परीक्षा हुने विषयमा टुंगो लागेको हो ।
स्वास्थ्य मापदण्ड पालना गर्दै जेड आकारमा परीक्षार्थीलाई राख्न समेत भनिएको छ ।