logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले नेपाल पक्षको निर्णायक बैठक बुधबार


अंकुरण खबर
923
Shares

नेकपा एमालेको माधव नेपाल पक्षले आफ्नो खेमाको बैठक बोलाएको छ ।

बुधबार बिहान ११ बजे काठमाडौंको एक होटलमा बस्ने बैठक निर्णायक हुने नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबैको सहभागिता हुने बताइएको छ। बैठकले सरकारमा सहभागिता तथा पार्टीमा कसरी अगाडि बढ्ने भन्नेबारे ठोस निर्णय गर्ने एक नेताले जानकारी दिए ।

यसअघि आज मंगलबार वरिष्ठ नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरूसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले देउवाले सरकारमा सहभागी हुन नेता नेपाललाई आग्रह गरिरहेका छन् । प्रधानमन्त्री देउवाले सरकार विस्तार नगर्नुको कारण नेता नेपालको निर्णयको प्रतीक्षा रहेको बताइएको छ ।