logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
780
Shares

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बाग्मती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

बुधबार जारी मौसम बुलेटिनअनुसार मनसुन न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले छ।  आज राती बाग्मती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।