नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि बस्न लागेको छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा आज अपरान्ह ३ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार, समसामयिक विषयमा छलफल गर्न बाँकी रहेकाले आज पनि बैठक बस्न लागेको हो।
एमाले केन्द्रीय कमिटी बैठक मंगलबार र सोमबार पनि बसेको थियो। सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
मंगलबारको बैठकमा सातै प्रदेशका पार्टी कमिटी प्रमुखले प्रतिवेदन पेश गरेका थिए। उनीहरुले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे जानकारी गराएका थिए।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेर जाने अवस्था आएमा पर्ने प्रभावका विषयमा छलफल भएको थियो। केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष भने सहभागी भएको छैन।