चीनबाट खरिद प्रक्रियाअन्तर्गत थप खोप लिन बुधबार वायु सेवा निगमको जहाज चीन जाँदैछ ।
नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन नेपालले बुधबार जहाज चीन पठाउँन लागेको हो । लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा बुधबार पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।
निगमका अनुसार नेपाल एयरलाइन्स बुधबार, विहीबार र शनिबार खोप लिन चीन जाने छ । विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलोपटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका प्रशासन प्रमुख उपेन्द्र ढुंगानाले चीनबाट आएका खोपहरू अहिले अभियान सञ्चालन हुन नसकेको प्रदेशहरू प्रदेश एक, सुदूरपश्चिम प्रदेश र कर्णालीमा पठाइनेछ।
यसअघि खोप अभियान सञ्चालन हुन नसकेको प्रदेशमा पठाउने र अर्को चरणमा आएको खोप पुनः प्राथमिकताको आधारमा खोप अभियान सञ्चालन हुने परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा झलक शर्माले बताए ।